प्रहरीद्धारा सिमरामा घरेलु मदिरा बरामद


eShilalekh

८ असार २०७९, बुधबार १८:२६

सिमराः ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएका प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको छ । ईरिक्सामा राखेर पथलैयाबाट जीतपुरतर्फ लैजादै गरेको अवस्थामा प्रहरीले चार सय लिटर मदिरा नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रहरी बरिष्ठ हवल्दार विनय सिंहको नेतृत्वमा रहेको गस्ती टोलीले ईरिक्साबाट बोराभित्र लुकाएर राखेको अवस्थामा १० वटा ग्यालेन मदिरा नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रहरीले मदिरा बोकेको ना२ह ६३३७ नम्बरको ईरिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्