चार वर्षिया बालिका बलत्कारको आरोपमा एक पक्राउ


eShilalekh

९ असार २०७९, बिहीबार १४:२७

सिमराः चार वर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका २२ का एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चकरीका १८ वर्षिय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथी बलत्कार गरेको आरोप छ ।

बालिकालाई बलत्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई पक्राउ गरेको हो ।

अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई पक्राउ गरी हाल ईलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि विहिवार दिँउसो जिल्ला अदालत लगेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाईने बताए ।

प्रतिक्रिया दिनुहोस्