पौडेल हत्या आरोपमा पक्राउ परेका १२ जना पूर्पक्षका लागि कारागार चलान


eShilalekh

१० असार २०७९, शुक्रबार २१:५२

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ६ नगौलका राकेश भक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गत बैशाख २९ गते मृत अवस्थामा भेटिएका पौडेलको हत्या आरोपमा पक्राउ परेका १३ जना मध्ये १२ जनालाई कारागार चलान र एक नाबालिकलाई बाल सुधार पठाउने आदेश अदालतले दिएको हो ।

कारागार चलान हुनेमा जीतपुरसिमरा ६ का २६ वर्षि सन्दिप थापा, ५० वर्षिय चित्रबहादुर क्षेत्री, २४ वर्षिय सुमन लामा, २६ वर्षिय राजु अधिकारी, २६ वर्षिय सुदिप घिमिरे, ५० वर्षिय दुर्गादेवी खत्री, ५० वर्षिय संते बछरा, वडा नं. ८ का ४२ वर्षिय खगेन्द्र रिजाल, वडा नं. ५ का ३५ वर्षिय उद्धव अधिकारी, वडा नं. ३ का अर्जुन चिमरिया, २६ वर्षिय सन्तोष खत्री र वडा नं. ३ का ३४ वर्षिय कुमार मगर रहेका छन् ।

कारागार चलान भएका मध्ये चिमरिया नेकपा माओवादी केन्द्रको जीतपुरसिमरा नगर कमिटी सचिव हुन भने क्षेत्री नेकपा माओवादी केन्द्रबाट जीतपुरसिमरा ६ को वडा सदस्यका उम्मेदवार हुन् । पौडेलको शव वडा सदस्य उम्मेदवार क्षेत्रीको घरमा भेटिएको थियो ।

स्थानीय चुनावको अघिल्लो रात भएको उक्त घटनाको अनुसन्धान गर्न सिआईबीको टोली समेत बारा आएको थियो । घटनापछि ईलाका प्रहरी कार्यालय सिमराले घटनाको समयमा उक्त घरमा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्