आज राष्ट्रिय धान दिवस, जिल्लाभर मनाईदै


eShilalekh

१५ असार २०७९, बुधबार ०८:१६

सिमराः आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सामुहिक रुपमा धान रोपाई गर्दै दहि चिउरा खाएर यो दिवस मनाउन लागिएको छ ।

दिवसको अवसरमा बाराका विभिन्न कार्यक्रमको आयोजना गरिदैछ । जिल्लाका स्थानीय तह र किसानसंग सम्बन्धित संघसंस्थाले धान दिवसलाई विशेषरुपमा मनाउने तयारी गरेका छन् ।

१९औं धान दिवसको यो वर्षको नारा ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ राखिएको छ । आजका दिन किसानका लागि विशेष दिन हो । किसानका खेतमा हत्तपत्त नपुग्ने स्थानीय सरकार र किसानसंग सम्बन्धित संघसंस्था आज दिवस मनाउन भएपनि खेतमा पुग्ने गर्दछन् । आजका दिनलाई दहि चिउरो खाने दिनका रुपमा समेत मनाउने गरिएको छ ।

कृषीमा आत्मनिर्भर हुन् र किसानको मनोबल उच्च राख्न सरकारले २०६१ सालदेखी नेपालमा धान दिवस मनाउन थालेको हो । असारे गित र हिलो छ्यापाछ्याप गरेर मनाईने यो दिवसलाई पछिल्लो समययता उत्सवका रुपमा लिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्