‘बलत्कारपछिको पुर्नस्थापनाका लागि सामाजिक न्याय पनि अपरिहार्य’


eShilalekh

२२ असार २०७९, बुधबार ०१:०४

सिमराः बलत्कारको घटनाका पीडितलाई समाजमा पुर्नस्थापित गराउनका लागि सरोकारवाला निकाय र आमनागरिकको भूमिकाको विषयमा मंगलवार वीरगन्जमा वृत्तचित्र प्रदर्शनी र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

सम्यक संचार प्रा.लि.ले आयोजना गरेको अन्तर्क्रियाकार्यक्रममा बलत्कारको घटनाका पीडित, उनिहरुले न्याय प्राप्त गर्नका निम्ति खेप्नुपरेको सास्ती र न्याय प्राप्तीपछि समाजमा सहजै पुर्नस्थापित हुन नसकेको विषयमा चर्चा गरिएको थियो ।

बलत्कारको घटनाको विषयवस्तु जोडेर तयारी गरिएको वृत्तचित्र प्रदशर्नी पश्चात सहभागीले विषयमा केन्द्रीत रहेर छलफल गरेका छन् । छलफलका क्रममा बलत्कारको घटनाका पीडित र बलत्कारको घटनामा निर्दोश ठहरिएका व्यक्तिको विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रमका सहभागी । तस्विरः निलिसा बर्मा

बलत्कारको घटनाका पीडित समाजमा पुर्नस्थापित हुन् चाहेपनि समाजले नस्विकार्ने र घृणाको दृष्टिले हेर्दा पीडित समाजबाट नै विस्थापित हुनुपर्ने अवस्थाको विषयलाई जोडेर अन्तर्क्रियात्मक छलफल भएको थियो । बलत्कारका घटनाका पीडित पुर्नस्थापित हुन नसकेकै कारण बिस्थापित हुनुपरेको उदाहरण दिदै सहभागीले न्यायालयबाट पीडितले न्याय प्राप्त गरेपनि समाजले अन्याय गर्दा विस्थापित हुनुपर्ने विषय उठान गरेका थिए । न्यायालयबाट न्याय प्राप्त गरेका पीडित समाजले गर्ने अन्यायबाट प्रताडित हुन पर्ने अवस्था आउन नदिन आमनागरिक गम्भिर हुनुपर्ने सहभागीको भनाई थियो ।

कार्यक्रममा सहभागी पोखरिया नगरपालिकाकी पूर्व नगर उपप्रमुख सलमा खातुनले बलत्कारको घटनालगत्तै पीडितलाई तत्काल राख्नका निम्ति ‘सेफ हाउस’ समेत नरहेको भन्दै पीडितलाई तत्काल राख्ने किसिमको पूर्वाधारको आवश्यकता रहेको बताईन् । ‘घटना भएकै समयदेखी पीडित अलपत्र हुने अवस्था छ । पीडितलाई तुरुन्तै राख्ने भवन समेत छैन्’ खातुनले भनिन् ‘तुरुन्तै घर जाने स्थिती पनि हुदैन् । त्यसैले सेफ हाउसको पूर्वाधार तयार गर्न जरुरी छ ।’

सरोकारवाला निकायका प्रतिनिधि । तस्विरः निलिसा बर्मा

कार्यक्रममै सहभागी पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बलात्कारको घटनाका पीडितलाई समाजमा पुर्नस्थापित गराउने दायित्व सबैको साझा रहेको बताईन् । उनले घटनाका पीडितको मनोबल घटन नदिने गरी हरेक क्षेत्र जिम्मेवारीपूर्वक दायित्व निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

सरोकारवाला निकायका प्रमुख र जिम्मेवारी पदाधिकारीको उपस्थितीमा आयोजित कार्यक्रममा पीडितले न्यायका निम्ति व्यहोनुपर्ने सास्ती तथा आर्थिक भारलगायत विभिन्न समस्याका विषयमा सहभागी जिज्ञासा राखेका थिए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत, उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जका उपरजिष्ट्रार केशव पौडेल, जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता पदमराज कार्की, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, सहजकर्ता पत्रकार घनश्याम खड्का, मनोचिकित्सक भरत गोईत, ओसीएमसी संयोजक हेमा थापाले सहभागीको जिज्ञासामा आफ्ना धारणा राखेका थिए ।

सहभागीको जिज्ञासाको जवाफ दिने क्रममा सरोकारवाला निकायका प्रमुख र पदाधिकारीले बलत्कारको घटनाका पीडितलाई सहजरुपमा पुर्नस्थापित हुने वातावरण सिर्जना गर्नका निम्ति राज्य संयन्त्र र आम नागरिकबीचको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने बताएका छन् । बलत्कारका घटनाका पीडितलाई समाजमा पुर्नस्थापित हुने वातावरण निर्माण, मनोबल उच्च बनाउन र आत्मनिर्भर बन्नका लागि सिपमुलक तालिमलगायत अन्य सकारात्मक गतिविधि गर्न सकिने सकोकारवाला निकायका प्रतिनिधिको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्