निजगढका लामाको हत्या आरोपमा पूर्पक्षमा रहेका चार जनालाई जन्मकैद


eShilalekh

२३ असार २०७९, बिहीबार १०:३८

सिमराः बाराका निजगढका लालध्वज लामाको हत्या आरोपमा पक्राउ परी पूर्पक्षका लागि कारागारमा रहेका चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायधिस सुमनकुमार न्यौपानेको ईजलासले केशवराज शिवकोटी, बन्दना लामा, चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको फैसला सुनाएको हो ।

दुई वर्षअघि अमलेखगंजमा भएको हत्या प्रकरणमा उनिहरुको संलग्नता देखिएपछि प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

२०७७ असार २१ गते निजगढबाट अमलेखगंजस्थित ससुराली गएका लामा बेखबर भएका थिए । उनको शव असार २८ गते थानीमाई सामुदाियक बन क्षेत्रमा सढेको अवस्थामा फेला परेको थियो । हात, खुट्टा छुट्टिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले साउन २५ गते उनिहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्