सिम्रौनगढबाट कटुवा पेस्तोलसहित दुई पक्राउ


eShilalekh

२३ असार २०७९, बिहीबार १०:५०

सिमराः बाराको सिम्रौनगढबाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । हतियार देखाएर स्थानीयलाई धम्की दिईरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्रौनगढ १ नम्सगराढाठका २९ वर्षिय अनिल मुखिया र २५ वर्षिय गुड्डु मुखिया रहेको बारा प्रहरीले जनाएको छ । प्रहरीले गुड्डुको साथबाट हतियार फेला पारेको हो ।

स्थानीयले सूचना दिएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरिक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनिहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्