राठौर र मिश्र प्रहरी उपरीक्षकमा बढुवा


eShilalekh

२९ असार २०७९, बुधबार १८:३९

सिमराः जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ताको रुपमा कार्यरत रही अन्यत्र सरुवा भएका दुई प्रहरी नायब उपरीक्षक बढुवामा परेका छन् ।

प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौर र गौतमकुमार मिश्र प्रहरी उपरीक्षक (एसपी) पदको पढुवा सुचीमा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयले बुधवार बढुवाका लागि सिफारिस गरिने ३६ जनाको सूची प्रकाशन गर्दा राठौर ९ र मिश्र ३४ नम्बरमा छन् । बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त निरीक्षक पूजा सिंहले एसपी पदको बढुवा सिफारिस सूची प्रकाशन गरेकी थिईन् ।

बढुवाका लागि सिफारिसमा परेका राठौर बाराबाट सरुवा भएर हाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल र मिश्र प्रहरी वृत्त बालाजुमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्