जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाको विद्यालयमा वर्षे विदा


eShilalekh

३० असार २०७९, बिहीबार २१:००

सिमराः बाराको दुई उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका विद्यालयलाई वर्षे विदा दिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाले बिहिवार सूचना जारी गर्दै वर्षे विदा दिएको हो ।

जीतपुरसिमराले नगर शिक्षा समितिको निर्णय अनुसार साउन १२ गतेदेखी लागु हुने गरी २० दिनका लागि विदा दिएको सूचना जारी गरेको छ । यसैगरी कलैयाले असार १८ गतेको निर्णयअनुसार साउन १ गतेदेखी एक महिना वर्षे विदा दिने निर्णय गरेको छ ।

जीतपुरसिमराले उपमहानगरपालिका भित्र रहेको सामुदायिक र संस्थागत दुवै विद्यालयलाई विदा दिएको छ भने कलैयाले सामुदायिक विद्यालयलाई विदा दिने सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्