जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु (तस्विरहरु)


eShilalekh

३२ असार २०७९, शनिबार १३:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा सुरु भएको छ । सिमरास्थित होटल क्लासिक प्लाजामा निर्धारित समय भन्दा तीन घण्टा ढिलो गरी सभा सुरु भएको हो ।

नगर सभामा नगर प्रमुख राजन पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उपप्रमुख भोलाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तावित बजेट प्रस्तुत गर्दैछन् ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको सभा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्