नागरिकता विधेयक बहुमतले पारित


eShilalekh

६ श्रावण २०७९, शुक्रबार २०:५५

सिमराः नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट शुक्रवार पारित भएको छ । प्रतिनिधिसभाको बैठकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता संशोधन विधयेक पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । प्रस्तावित विधेयकमाथी छलफलपछि सभामुख अग्नी सापकोटाले ध्वनिमतका आधारमा प्रस्ताव पारित भएको घोषणा गरेका हुन् ।

नागरिकता विधेयकको प्रस्तावमा ४५ जना सांसदले छलफलभा भाग लिएका थिए । दिनभर चलेको छलफलपछि सभामुखले विधेयक पारित गरेका हुन् । प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जानेछ र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण गरी ऐन बनाई लागु गरिनेछ ।

नागरिकता विधेयक अन्यौलमा रहदा बारासहित देशभर जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तान नागरिकताविहिन अवस्थामा रहेका थिए । नागरिकता प्राप्त गर्न नसक्दा ति नागरिकका सन्तानले शिक्षा, रोजगारीलगायत विभिन्न अवसरबाट बञ्चित हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्