नागरिकता विधेयक पारित भएपछि लोसपाद्धारा दीप प्रज्वलन


eShilalekh

६ श्रावण २०७९, शुक्रबार २२:१२

सिमराः प्रतिनिधिसभाको बैठकले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेसंगै लोकतान्त्रिक समाजवार्दी पार्टी बाराले शुक्रवार साझ दीप प्रज्वनल गरेको छ ।

नागरिकता विधेयक पारित भएको खुशीयालीमा लोसपाले कलैयामा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वनलमा लोसपाका जिल्ला र नगर तहका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता संशोधन विधयेक पारित गर्न संसदमा पेश भएको विधेयकमाथीको छलफलपछि सभामुख अग्नी सापकोटाले ध्वनिमतका आधारमा पारित भएको घोषणा गरेका थिए । नागरिकता विधेयकको प्रस्तावमा ४५ जना सांसदले छलफलभा भाग लिएका थिए ।

नागरिकता विधेयक अन्यौलमा रहदा बारासहित देशभर जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तान नागरिकताविहिन अवस्थामा रहेका थिए । नागरिकता प्राप्त गर्न नसक्दा ति नागरिकका सन्तानले शिक्षा, रोजगारीलगायत विभिन्न अवसरबाट बञ्चित हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्