निजगढ नगरपालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत पुरी


eShilalekh

१३ श्रावण २०७९, शुक्रबार १४:५३

सिमराः निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका हरिलाल पुरीले कामकाज थालेका छन् । नगरपालिकाको कार्यालयमा शुक्रवार हाजिर हुदै पुरीले काम थालेका हुन् ।

मकवानपुरको थाहा नगरपालिकामा कार्यरत पुरीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते निजगढमा सरुवा गरेको थियो । मकवानपुरबाट सरुवा भई आएका पुरीलाई निजगढ नगरपालिकाको प्रशासन प्रमुख रविन घिमिरेलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

यसअघि निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका सुमनकुमार कार्कीलाई पचरौता नगरपालिका सरुवात गरेको छ । मन्त्रालयले कार्कीलाई पचरौता सरुवा गर्दै पुरीलाई निजगढ पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्