कृष्ण जन्माष्टमीका दिन पथलैयामा सांगीतिक कार्यक्रम हुने


eShilalekh

१६ श्रावण २०७९, सोमबार २१:२४

सिमराः कृष्ण जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने भएको छ । जन्माष्टमीको अवसरमा भदौ ३ गते राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

स्थानीय युवाहरुको सहभागिता रहेको योङ नीति ब्याण्डले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमका लागी तयारी सुरु गरिएको ब्याण्डका अध्यक्ष मनिक धौजुले जानकारी दिए ।

जन्माष्टमीको अवसरमा पथलैयामा सांगीतिक कार्यक्रम हुने गरेको छ । पछिल्लो केही वर्ष कोभिड १९ का कारण कार्यक्रम हुन सकेको थिएन् ।

जन्माष्टमीका दिन पथलैयास्थित कृष्ण मन्दिरमा पूजा गर्नका लागि भक्तजनको भिड लाग्ने गरेको छ । सोही अवसरमा कृष्ण मन्दिरको खुल्ला चौरमा स्थानीय युवाको सक्रियतामा सांगीतिक कार्यक्रम र श्रष्टा सम्मान कार्यक्रम हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्