बाराको जिल्ला प्रशासन कार्यालय मधेस प्रदेशमै उत्कृष्ट


eShilalekh

२२ श्रावण २०७९, आईतवार ०९:३०

सिमराः जिल्ला प्रशासन कार्यालय बारा कार्यसम्पादनका आधारमा मधेस प्रदेशमै पहिलो भएको छ । सरकारले प्रत्येक वर्ष छनौट गर्ने उत्कृष्ट कार्यालयमा यस वर्ष बारा परेको हो ।

मधेस प्रदेशका आठ जिल्ला मध्ये सरकारले बारालाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै छनौट गरेको हो । आ.व. २०७८।०७९ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था मुल्यांकन गर्न गठित समितिको प्रतिवेदन अनुसार बारा पहिलो भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र गर्ने प्रशासनीक, सामाजिक र रचनात्मक गतिविधिलाई आधार मानेर मुल्यांकन गर्ने गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पछिल्लो समय जिल्लामा गरेको कार्यसम्पादनको मुल्यांकन गर्दै सरकारले उत्कृष्ट छनौट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्