गणेशमान पार्क तोडफोड, मेयरले गरे निरिक्षण


eShilalekh

२२ श्रावण २०७९, आईतवार ०९:४८

सिमराः निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थि»ले अज्ञात व्यक्तिले तोडफोड गरी क्षति पु¥याएको मोहोरीस्थित गणेशमान पार्कको निरीक्षण गरेका छन् ।

वडा नं. ४ स्थित पार्कमा भएको घटनाको जानकारी लिदै नगर प्रमुख पुरीले दोषि पत्ता लगाएर कारवाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । अज्ञात व्यक्तिले गणेशमान सिंहको सालिक वरपर निर्माण गरिएको स्टीलको रेलिङ र सिमेन्टको कुर्सी र मार्बल समेत फुटाएका थिए ।

पर्यटकिय गन्तब्यको रुपमा रहेको पार्क तोडफोड घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्