प्रसौनी गाँउपालिकाको ११औं गाँउसभा सम्पन्न


eShilalekh

२२ श्रावण २०७९, आईतवार १०:२२

सिमराः प्रसौनी गाँउपालिकाले आर्थिक वर्ष २०७९।८० का लागि ४८ करोड ८६ लाखको बजेट विनियोजन गरेको छ । गाँउपालिकाले शिक्षा, स्वास्थ्य, कृषीलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो ।

गाँउपालिकाको सभाहलमा आयोजित गाउँसभामा अध्यक्ष विनोद जयसवालले निति तथा कार्यक्रम र उपाध्यक्ष किरण देवीले बजेट प्रस्तुत गरेका थिए ।

असार १० गते सम्पन्न हुनुपर्ने गाँउसभा राजनीतिक खिचातानीका कारण ढिला सम्पन्न भएको हो । सातवटा वडा रहेको गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष र तीनवटा वडामा नेकपा एमाले विजयी भएको थियो भने चारवटा वडामा गठबन्धन दलले जितेका थिए ।

गाँउसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिले केशरीलगायत जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्