पथलैया यु२० फूटवलः कोसेली युवा क्लब विजयी


eShilalekh

२२ श्रावण २०७९, आईतवार १०:३२

सिमराः पथलैयामा जारी प्रथम पथलैया यु२० नकआउट फूटवल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा कोसेली युवा क्लब बिजयी भएको छ ।

श्रीकृष्ण युवा क्लबलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै कोसेलीले जित हात पारेको हो । यसअघि निर्धारित समयमा दुवै टिमले एक-एकको बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट निकालिएको हो ।

निर्धारित समयमा कोसेली युवा क्लबका लागि राजनबहादुर कुमाल र श्रीकृष्ण युवा क्लबका लागि दीपेन गिरीले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच श्रीकृष्ण युवा क्लबका सुरज श्रेष्ठ घोषित भए ।

प्रतियोगिता अन्तर्गत आईतवार सहआयेजक दिब्यज्योती युवा क्लब र बासबारी युवा क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्