जीतपुरसिमराका मेयर मोटरसाईकल दुर्घटना परी घाईते, अवस्था सामान्य


eShilalekh

२२ श्रावण २०७९, आईतवार १८:२५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन् । सिमरास्थित सुर्य नेपाल अगाडी उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मेयर पौडेलको खुट्टामा चोट लागेको छ । सिमरास्थित अल्पाईन अस्पतालमा उपचार गराएर मेयर पौडेललाई घर लगिएको छ । चिकित्सकले उनको अवस्था सामान्य रहेको बताएका छन् ।

सिमराबाट बजनीस्थित घरतर्फ जादै गर्दा मेयर पौडेल चढेको मोटरसाईकल विपरित दिशाबाट आउदै गरेको बा९च ७५७४ नम्बरको कारसंग ठोक्किएको थियो । दुर्घटनामा परी मोटरसाईकलमा भने क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्