मधेस प्रदेशका महिला पत्रकारलाई मानव अधिकारसम्बन्धी प्रशिक्षण


eShilalekh

२३ श्रावण २०७९, सोमबार ०९:०४

सिमराः मधेस प्रदेशका महिला पत्रकारलाई मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम सिमरामा सम्पन्न भएको छ । मानव अधिकार पत्रकार संघ (हुर्जा) को आयोजनामा प्रदेशका आठ जिल्लाका १६ महिला पत्रकारलाई प्रशिक्षण दिइएको हो ।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित प्रशिक्षण कार्यक्रममा खोज पत्रकारिता केन्द्रकी पूर्वअध्यक्ष नम्रता शर्मा, इकागज अनलाईका प्रधान सम्पादक हरिबहादुर थापा, हुर्जाका अध्यक्ष घनश्याम खड्कालगायतले सहजीकरण गरेका थिए ।

मानव अधिकारसंग जोडिएका विषयको उठानसंगै प्रशिक्षण कार्यक्रममा महिलाका चुनौती, अवसरलगायतका विषयमा छलफल भएको थियो । सहभागीले आफ्ना जिल्लामा देखिएका समस्या र अवस्थाको विषय कार्यक्रममा चर्चा गरेका थिए ।

पत्रकारिताको माध्यमबाट मानव अधिकार रक्षाका लागि सहयोग पु¥याउने उदेश्यले प्रदेश स्तरीय तालिम संचालन गरिएको हुर्जाकी प्रतिनिधि सुष्मा शर्माले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्