एमाले अध्यक्ष ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण


eShilalekh

२३ श्रावण २०७९, सोमबार १५:४९

सिमरा: पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए ।
आकस्मिक अवतरण गरेपछी अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन् । ओलीको आकस्मिक अवतरण भएपछी एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन् ।
मौसमको प्रतीक्षामा रहेका ओली हेलिकप्टर उडन नसके सडक मार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्