सिमरा जेसिजको आयोजनामा महिला उद्यमशिलता तालिम सुरु


eShilalekh

९ भाद्र २०७९, बिहीबार ०९:३४

सिमराः महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले सिमरा जेसिजको आयोजनामा तीन दिने उद्यमशिलता तालिम सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित कतर्वामा बुधवारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले गरेका थिए । तालिमको उद्घाटन गर्दै खरेलले महिला लक्षित गरि संचालन गरिएको तालिम उलपब्धिमुलक हुनेमा आफू विश्वस्त रहेको बताए ।

वडाध्यक्ष खरेलले वडा कार्यालयले पनि महिला लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताएका छन् । तालिममा आर्थिक आय न्युन भएका ४० भन्दा बढी महिला सहभागी छन् । सहभागीलाई बासुदेव अधिकारीले दुनोट, चाउमिन, मिठाई बनाउन सिपमुलक प्रशिक्षण दिनेछन् ।

तालिमको उद्घाटन कार्यक्रममा जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारी, पूर्वअध्यक्ष शालिकराम अधिकारी, धनन्जय थोकर, कार्यक्रम संयोजक सुमित अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्