प्राधिकरणले थाल्यो टांगियावस्तीमा विद्यतु मिटर जडान प्रक्रिया


eShilalekh

९ भाद्र २०७९, बिहीबार १०:५०

सिमराः नेपाल विधुत प्राधिकरण सिमरा वितरण केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टांगियावस्तीमा विधुत मिटर जडान गर्ने प्रक्रिया थालेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका कारण लामो समयदेखि न्युनतम आवश्यकताका पूर्वाधारबाट समेत बञ्चित टांगियाबस्तीमा केन्द्रले विधुत सुविधा उलपब्ध गराउन लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारी योजनाका कारण टांगियाबस्तीमा विधुतिकरण हुन सकेको थिएन् ।

विमानस्थल निर्माणको काम सुरु नहुँदासम्म टांगियाका स्थानीयलाई विधुत सेवा उपलब्ध गराउनका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको पहलमा विधुतिकरण भएको हो । विधुतिकरण सुरु हुनुअघि उर्जामन्त्री पम्फा भुषाल, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले टोलीले टांगियाको निरिक्षण गरेको थियो ।

पहिलो चरणमा विधुतिकरण गर्ने काम सम्पन्न गरेको केन्द्रले अब मिटर जडानको प्रक्रिया सुरु गरेको छ । मिटर जडानका लागि एक सय रुपैया तिरेर सिमरा र निजगढमध्ये एक ठाँउमा आवेदन दिन सकिने सिमरा वितरण केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्