सिमरा जेसिजद्धारा शैक्षिक र खेलकुद सामाग्री वितरण


eShilalekh

१० भाद्र २०७९, शुक्रबार १८:३३

सिमराः सिमरा जेसिजले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ का दलित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीको जन्मदिनको अवसर पारेर जेसिजले सामुदायिक आधारभुत विद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीलाई कपी, कलमसहित खेलकुदसामाग्री वितरण गरेको हो ।

सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष शिवशंकर प्रसाद कुशवाहा, पूर्व वडाध्यक्ष रामबाबु पटेल, कार्यक्रम संयोजक अरविन्द कुमार कुशवाहालगायत जनप्रतिनिधि, विद्यार्थीका शिक्षक, कर्मचारी र स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण लक्ष्मण अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्