कतर्वामा आयोजित महिला उद्यमशिलता तालिम सम्पन्न


eShilalekh

१० भाद्र २०७९, शुक्रबार २०:५७

सिमराः महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सिमरा जेसिजले आयोजना गरेको तीन दिने उद्यमशिलता तालिम शुक्रवार सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित कतर्वामा बुधवार सुरु भएको तालिम सम्पन्न भएको हो ।

तालिममा जेसिजका बासुदेव अधिकारीले महिलाहरुलाई दुनोट, चाउमिन, मिठाई बनाउने सिप सिकाएका थिए । गाँउघरमै बसेर स्वरोजगार बन्नका लागि तालिमबाट सहयोग पुग्नेमा आशावादी रहेको सिमरा जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।

तालिमको समापन कार्यक्रममा अध्यक्ष अधिकारी, पूर्वअध्यक्ष शालिकराम अधिकारी, कार्यक्रम संयोजक सुमित अधिकारीलगायतले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा आर्थिक आय न्युन भएका ४० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

यसअघि तालिमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्