नवौं वार्षिकोत्सवमा रेडियो समपर्णद्धारा ९ व्यक्तित्व सम्मानित


eShilalekh

१२ भाद्र २०७९, आईतवार १४:१०

सिमराः आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा रेडियो समर्पणले समाजका् विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ९ जना व्यक्तित्वलाई सम्मान गरेको छ । सिमरास्थित बिजनेस सेन्टरमा आईतवार बिहान आयोजित कार्यक्रममा रेडियोले जीतपुरसिमरा उपमहानगरपालिका भित्रको विभिन्न क्षेत्रका ९ जना व्यक्तित्वलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा कलासाहित्यतर्फ मुकुन्दप्रसाद उपाध्याय, शिक्षा क्षेत्रतर्फ मदनबहादुर क्षेत्री, स्वास्थ्यतर्फ पहिलो महिला स्वास्थ्य स्वयंसेवीका बिमला थसिनेकु, लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानतर्फ नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा, युवा व्यवसायीतर्फ युआर गोल्ड प्रिमियम मसाला चियाका संचालक उमेश चौलागाई, खेलकुदतर्फ पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी आनन्दीप्रसाद चौधरी, कृषीतर्फ शरण अवस्थी, संचारतर्फ गम्भिरा सहनी र उत्कृष्ट विज्ञापनदाताको रुपमा प्राणनाथ हार्डवेयरका संचालक ईश्वर श्रेष्ठ रहेका छन् ।

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले उनिहरुलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिना, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल, युवा व्यवसायी सुदीप रिमाललगायतको उपस्थिती रहेको थियो ।

रेडियोका निर्देशक राजन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवन्ध निर्देशक प्रदीप गौतमले गरेका थिए । वार्षिकोत्सवको अवसरमा रेडियोले सम्मानसहित सांस्कृतिक र तीज गित नृत्य प्रतियोगिताको आयोजना गरेको छ । सांस्कृतिक र प्रतियोगिता आईतवार साझ बिजनेस सेन्टरमा हुनेछ । वर्षाका कारण शनिवार साझ प्रभावित भएको कार्यक्रम आईतवारका लागि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्