आज हरितालिका तीज, बारामा पनि हर्षोल्लासका साथ मनाइँदै


eShilalekh

१४ भाद्र २०७९, मंगलवार १२:१०

सिमराः हरितालिका तीज पर्व बारामा हर्षोल्लासका साथ मनाईदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाईने यो पर्वमा हिन्दु नेपाली महिलाले महादेवको पूजा गरी मनाउने गर्दछन । तीज पर्वको अवसरमा सरकारले महिलालाई बिदा दिएको छ ।

आजको दीन व्रत बसी शिर्वपार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । आजको दिन जिल्लाको शिवालयमा महिलाको भिड् लाग्ने गर्दछ । शिवालयमा पूजा गरेर महिलाहरु सामुहिकरुपमा नाँजगान गर्दै पर्वलाई उत्साहका साथ मनाउने गर्दछन् ।

सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको र आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । व्रत सुरु हुनुअघि अघिल्लो राती १२ बजेसम्म व्रतालुले दरका रुपमा विभिन्न परिकार खाई खाने गरेका छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन छ ।

हरितालिका तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्