बारामा दसैंका लागि नयाँ नोट असोज २ गतेदेखि साटिने


eShilalekh

२९ भाद्र २०७९, बुधबार १३:४८

सिमरा:   दसैं, तिहार र छठ पर्वका लागि नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गतेदेखि नयाँ नोट साट्ने भएको छ ।

उपत्यका भित्र बुधबारदेखि नयाँ नोट साट्न थालेको राष्ट्र बैंकले उपत्यका बाहिर असोज २ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको हो ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट साट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँको एक/एक वटा बन्डल नोट साट्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्