संविधान दिवसको अवसरमा पत्रकार महासंघ र सुरक्षा निकायको प्रभातफेरी


eShilalekh

३ आश्विन २०७९, सोमबार १२:११

कलैयाः संविधान दिवसको अवसरमा सोमबार कलैयामा प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ बारा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी निकालिएको हो ।

कलैयास्थित जिल्ला प्रशासन कार्यालयबाट निकालिएको प्रभातफेरी सभामा परिणत भएको थियो । प्रभातफेरीमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरिक्षक होविन्द्र बोगटी, विभिन्न सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, विभिन्न विद्यालयका शिक्षक र छात्रछात्रा, सरकारी कार्यालयका कर्मचारी, पत्रकार महासंघ बाराका सदस्य, विभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रभातफेरीपछि आयोजित सभालाई प्रमुख जिल्ला अधिकारी कटुवाललगायतले सम्बोधन गरेका थिए । दिवसको अवसरमा जिल्लाभर विभिन्न संघसंस्था र सरकारी निकायले विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्