तीन नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १० जना भन्दा बढीको मृत्यु, विस्तृत विवरण आउन बाकी


eShilalekh

२० आश्विन २०७९, बिहीबार १२:४९

सिमरा: पथलैया-हेटौंडा सडकखण्ड अन्तर्गत तीन नम्बर पुलमा यात्रुबस दुर्घटना हुँदा १० जना भन्दा बढिको मृत्यु भएको छ ।
नारायणघाट बाट वीरगन्ज तर्फ आउँदै गरेको बा. प्र-०६-००१ ख ०११० नम्बरको बस जीतपुरसिमरा २२ स्थित तीन नम्बर पुलको मोडमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या यकिन हुन सकेको छैन । स्थानीयका अनुसार दुर्घटनामा १० जना भन्दा बढीको घटनास्थलमै मृत्यु भएको छ ।
यद्यपि प्रहरीले भने मृतकको संख्या अहिले बताउन नसकिने जनाएको छ ।
दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन । घाइतेलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्