आचारसंहिता विपरित चुनावी प्रचारमा महिला स्वास्थ्य स्यवंसेविकाको प्रयोग


eShilalekh

२८ कार्तिक २०७९, सोमबार १९:४५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई चुनावी प्रचारमा प्रयोग गरेको पाइएको छ । उपमहानगरपालिका अन्तर्गत वडा नं. ४ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका कल्पना केसीलाई चुनावी प्रचारमा प्रयोग गरिएको हो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित स्वास्थ्य स्वयंसेविका केसीले बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा ४(१) का उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ लागि नमुना मतपत्रसहित मत मागिरेहको अवस्थामा स्थानीयले भेटेका हुन् ।

मतदाता शिक्षाका लागि खटिएकी केसीले उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक लगाएर मतदातालाई उक्त नमुना मतपत्र दिदै हिडेकी थिईन् । उपमहानगरपालिकाको कर्मचारीनै चुनावी प्रचारमा प्रयोग भएको देखेपछि स्थानीयले उक्त कार्यको विरोध गरेका थिए ।

निर्वाचन आचारसंहिताले सरकारी सेवासुविधा लिदै आएका कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचार गर्न नपाउने गरी रोक लगाएको छ । तर स्वास्थ्य स्वयंसेविका केसी भने मतदाता शिक्षाको नाममा उम्मेदवारका लागि मत माग्दै हिडेकी थिईन् ।

स्थानीयले विरोध गरेपछि स्वास्थ्य स्वयंसेविका केसीले आफूलाई जानकारी नभएका कारण गरेको बताएकी थिईन् । स्थानीयको विरोधपछि उक्त कार्य रोकेकी केसीले मतदातालाई दिदै हिडेको नमुना मतपत्रमा दुवै उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्