नक्कली मतपत्र, स्वस्तिक र नगदसहित दुई जना पक्राउ


eShilalekh

२ मंसिर २०७९, शुक्रबार १३:०४

कलैयाः नक्कली मतपत्र, स्वस्तिक र करिब तीन लाख नगदसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका १८ का अमिरी राउत र वीरगन्ज १६ का राजन सिंह रहेका छन् ।

कलैयाबाट वीरगन्ज आउदै गरेको कार चेकजाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनिहरुलाई बसपार्क नजिकको सडकबाट नियन्त्रणमा लिएको हो । उनिहरु सवार बा.प्रदेश १–१०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र, दुई सय ५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद दुई लाख ७२ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनिहरुबाट बरामद भएको नक्कली मतपत्रमध्ये करिब तीन सय मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । प्रहरीले दुवैलाई नक्कली मतपत्र र नगदसहित कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्