बारा ४(१) को प्रदेशसभा सदस्यमा चौधरी जित नजिक


eShilalekh

७ मंसिर २०७९, बुधबार १४:०१

सिमराः बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी जित नजिक पुगेका छन् । जारी मतगणनामा उनी फराकिलो मतान्तरले अगाडी छन् ।

हालसम्मको प्राप्त मतपरिणाम अनुसार चौधरीले ११ हजार चार सय ६८ प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले आठ हजार पाँच सय ९ मत प्राप्त गरेका छन् । मतपरिणाम अनुसार चौधरीले दुई हजार तीन सय ५९ मतको अग्रता बनाएका छन् ।

यस क्षेत्रतर्फ अब जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ६, २० र २४ गणना हुन बाँकी छ । उक्त तीन वडामा करिब चार हजार पाँच सय ४५ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्