दोहोरीमा आँखा शिविर सम्पन्न, १२४ जनामा मोतियाविन्दु


eShilalekh

११ मंसिर २०७९, आईतवार १८:२७

कलैयाः मनहर्वास्थित साना किसान कृषी सहकारी संस्था लिमिटेडको संयोजनमा आईतवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं. २ स्थित दोहोरिमा शिविर सम्पन्न भएको हो ।

शिविमा तीन सय पाँच जनाले निःशुल्क आँखा परिक्षण गराएका छन् । परिक्षण गरेकामध्ये एक सय २४ जनामा मोतियाविन्दु देखिएको छ । मोतियाविन्दु देखिएका विरामीको निजगढस्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने संस्थाकी अध्यक्ष नयन कला खड्काले जानकारी दिईन् ।

साना किसानले स्थानीय स्तरमा संयोजन गरेको शिविरको आयोजना निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, हेटौडा सामुदायिक आँखा अस्पताल र तलिगंगा आँखा प्रतिष्ठानले गरेका थिए । शिविरमा नेत्ररोग विषेशज्ञ सुपेन्द्र ताम्राकार, दीपक सुवेदी, आँखा प्रतिष्ठामा अध्ययनरत छात्राको प्राविधिक सहयोगमा आँखा परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्