विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन


eShilalekh

१५ मंसिर २०७९, बिहीबार २०:२३

सिमराः विश्व एड्स दिवसको अवसरमा नयाँ गोरेटो पुर्नस्थापना केन्द्र बाराले दीप प्रज्वल गरेको छ । जीतपुरसिमरा २ स्थित केन्द्रको परिसरमा दीप प्रज्वलन गरेको हो ।

‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने नारासहित यस वर्ष ३५औं विश्व एड्स दिवस मनाइएको छ । दिवसकै अवसरमा पारेर नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले सिमरास्थित न्यु एकता पब्लिक इङ्लिस स्कुलमा एड्स सचेतनासम्बन्धि अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुनसक्ने एड्स रोगबारे सचेतना कार्यक्रम गरिएको हो । यसअघि पुर्नस्थापना केन्द्रमा उपचार गराईरहेका प्रयोगकर्ताबीच हाजिरीजवाफ, नृत्य, गायनलगायतको कार्यक्रम गरिएको बबिन सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्