अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा र्‍याली


eShilalekh

२५ मंसिर २०७९, आईतवार १०:५८

सिमराः अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नयाँ गोरेटो पुर्नस्थापना केन्द्रले सिमरामा र्‍याली निकालेको छ । रिकभरीङ्ग नेपाल मधेस प्रदेशको आयोजना तथा ईलाका प्रहरी कार्यालय, लायन्स क्लब अफ सिमरा युथ र बारा प्लसको सहयोगमा केन्द्रले र्‍याली निकालेको हो ।

जीतपुरसिमरा २ स्थित सम्झौता टोलबाट निकालिएको र्‍याली वडा नं. १ को कार्यालय हुँदै नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको परिसरमा पुगेर सम्पन्न भएको थियो । र्‍यालीको संयोजन नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका व्यवस्थापक बबिन सुब्बाले गरेका थिए ।

र्‍यालीमा स्थानीय रामबाबु लामा, सिर्जना चौलागाई, दीपेन्द्र श्रेष्ठ, आकाश धौजु, धिरज शर्मा, बिद्यार्थी जागरण मञ्चका ध्रुव क्षेत्री, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक केशव कार्कीलगायतको उपस्थिती रहेको थियो ।

प्रत्येक डिसेम्बर १० तारिकका यो दिवस मनाउने गरिएको छ । यस वर्ष मर्यादा, स्वतन्त्र र सबैका लागि न्याय भन्ने नारासहित यो दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्