सम्पति कर बुझाउन जीतपुरसिमरा उपमहानगरको अनुरोध, समयमै नबुझाए जरिवाना


eShilalekh

१३ पुष २०७९, बुधबार २०:३५

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाले सम्पति कर नबुझाएका उद्योगी व्यवसायीलाई पुस मसान्तभित्र बुझाउन आग्रह गरेको छ । उपमहानगरपालिका भित्रको उद्योगव्यवसाय संचालन गर्ने संस्था र संचालक गरी ५९ जनाका नाममा कार्यालयले सूचना जारी गरेको हो ।

कार्यालयमा नक्सा पास र अभिलेखिकरण गराई संचालनमा रहेका उद्योगव्यवसायको घरजग्गा कर बक्यौता देखिएको भन्दै उपमहानगरपालिकाले सूचनामार्फत पुस मसान्तभित्र बुझाउन आग्रह गरेको हो । कार्यालयले पुस मसान्तभित्र बक्यौता बुझाए पाँच प्रतिशत छुट दिने र पुस मसान्तभित्र नबुझाए १० प्रतिशतसम्म जरिवाना लाग्ने जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलद्धारा जारी सूचनामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५५ र उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ को दफा २ (अनुसूचि १) अनुसार सम्पति कर समयमै बुझाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्