राष्ट्रिय परिचय पत्रका लागि जीतपुरसिमराले दर्ता स्टेशन राख्ने


eShilalekh

१५ पुष २०७९, शुक्रबार १०:४८

सिमराः नगरबासीको सहजताका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न दर्ता स्टेशन राख्ने भएको छ । जीतपुरस्थित वडा नं. ७ को कार्यालयमा दर्ता स्टेशन राख्ने उपमहानगरपालिकाले तयारी गरेको हो ।

उपमहानगरपालिकाले पुस १७ गते आइतवारदेखी दर्ता स्टेशन सुरु गर्ने भएको छ । उक्त दर्ता स्टेशनबाट राष्ट्रिय परिचय पत्रका सम्पूर्ण काम हुनेछन् । दर्ता स्टेशनका रुजु अधिकारी एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत सुदन चौधरीले परिचय पत्र बनाउन चाहने नगरबासीले दर्ता स्टेशनबाट सेवा लिन सक्ने बताए ।

यसअघि इलाका प्रशासन कार्यालयबाट परिचय पत्रको काम हुँदै आएको थियो । पुस १७ गतेपछि उपमहानगरपालिका भित्रका नागरिकले परिचय पत्र बनाउन दर्ता स्टेशनमा आउनुपर्ने अधिकृत चौधरीले बताएका छन् ।

उक्त कार्यका लागि केन्द्रबाट एक जना प्राविधिक सहयोगी खटिएका छन् । प्राविधिक सहयोगीले अनलाइन फारम भर्ने र फोटो खिच्ने काम गर्छन् र सोको रुजु अधिकृत चौधरीले गर्छन् ।

परिचय पत्रका बनाउनका लागि आवश्यक पर्ने कागजात उल्लेख गर्दै उपमहानगरपालिकाले सूचना समेत जारी गरिसकेको छ ।

राष्ट्रिय परिचय पत्र बनाउन आवश्यक कागजातः

प्रतिक्रिया दिनुहोस्