आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाईते


eShilalekh

२१ पुष २०७९, बिहीबार ११:२१

सिमराः आगो ताप्ने क्रममा जलेर जीतपुरसिमरा १८ उचिडिमा एक बृद्धा महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा ६० वर्षीया किमैनादेवी यादव रहेकी छिन् ।

सुवर्ण गाँउपालिका ३ घर भई उचिडिमा बस्दै आएकी महिला आफ्नै घरको बरण्डामा बालेको आगो ताप्ने क्रममा जलेकी हुन् । लुगामा सल्किएको आगो फैलिएर उनको शरिरको विभिन्न भाग जलेको थियो ।

घाईते महिलाको किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । कलैया प्रादेशिक अस्पताल र चितवन मेडिकल कलेज हुँदै घाईते महिलालाई किर्तिपुर अस्पताल लगिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्