सिमरामा पृथ्वी जयन्तीः पूर्वरानी कोमल शाहले पृथ्वीनारायणको तस्विरमा गरिन् माल्यार्पण


eShilalekh

२७ पुष २०७९, बुधबार १७:२५

सिमराः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व रानी कोमल शाहले बुधवार पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेकी छिन् । सिमरास्थित प्रभु निवासमा बस्दै आएकी पूर्वरानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर शाहको तस्विरमा माल्यार्पण गरेकी हुन् ।

३०१औं पृथ्वी जयन्तीको अवसर पारेर राप्रपा जीतपुरसिमरा नगर कमिटीले सिमरामा र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । सिमरा चोकमा राखिएको शाहको तस्विरमा माल्यार्पण गरेर पूर्वरानी शाह पुनः प्रभु निवास फर्केकी थिईन् ।

केही दिनदेखी सिमरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमक फर्किएपनि पूर्वरानी कोमल भने सिमरामै रहेकी थिईन् । मंसिर ६ गते निजी भ्रमणका लागि काठमाण्डौबाट झापा आएका पूर्वराजा शाह त्यसयता तराईका जिल्लामा छन् ।

यसैगरी पृथ्वी जयन्तीको अवसरमा राप्रपा जीतपुरसिमरा नगर कमिटीले सिमरामा र्‍याली निकालेको थियो । र्‍यालीमा नगर कमिटीका अध्यक्ष यादव अधिकारीसहित पूर्वअध्यक्ष माधव त्रिपाठी, यमबहादुर जर्गा मगर, राम पाठकलगायत राप्रपाका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्