हुलासमा आयोजित रक्तदान कार्यक्रममा पाँच महिलासहित ६२ जनाद्धारा रगत दान


eShilalekh

३० पुष २०७९, शनिबार १८:२३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित हुलासमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ६२ जनाले रगत दान गरेका छन् । कोशेली युथ क्लबले आयोजना गरेको कार्यक्रममा पाँच महिला र ५७ पुरुषले रगत दान गरेका हुन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस र मकर संक्रान्तिको अवसर पारेर क्लबले कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी पर्साको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बिष्णु घिमिरे, रवीन्द्र खकुरेल, मनहरी अधिकारी, हेमराज न्यौपाने, अमन लामा, बिशाल घिमिरे, उमेश श्रेष्ठ, दीपक भट्टराई, सानुमाया मगर, राजमणी बराललगायतले रगतदान गरेको सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

रक्तदान कार्यक्रमको अवसर पारेर क्लबले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा डुमरवाना शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख डा. दीपक गिरीलगायत रहेका छन् । रक्तदान कार्यक्रम क्लबका अध्यक्ष दधिर प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्