परवानीपुरमा कृषि खेती सम्बन्धि तालिम जारी


eShilalekh

११ माघ २०७९, बुधबार २२:१६

सिमरा: बाराको परवानीपुर गाँउपालिकामा कृषि खेती सम्बन्धि सात दिने तालिम जारी छ । माघ ९ गते देखि सुरु भएको तालिममा गाउँपालिका भित्रका २० जना भन्दा बढी महिला सहभागी छन् ।

परवानीपुर २ स्थित धर्मशालामा जारी तालिमको अध्यक्ष राम क्षत्री कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले अनुगमन गरेका छन् । तालिमको अनुगमन गर्दै अध्यक्ष अध्यक्ष कुर्मी  र अधिकृत रौनियारले आर्थिक विकास र आत्मनिर्भर बन्नका लागि तालिमले सहयोग पुग्नेमा आशावादी रहेको बताए ।

महिला उधमशिलता कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन कार्यक्रम, नवपवर्तन साझेदारी कोष र परवानीपुर गाँउपालिकाको आयोजनामा तालिम भइरहेको हो ।

अनुगमनमा वडा नं. २ का अध्यक्ष महम्मद नुरुलहोदा मियाँ, स्थानीय प्रभुप्रसाद यादव, सल्दीन मियाँ, महम्मद फिरोज अँसारीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्