खोजी रिक्रुटमेन्टविरुद्ध सिमरामा प्रदर्शन, प्रशासनलाई ज्ञापन


eShilalekh

१७ माघ २०७९, मंगलवार १७:१५

सिमराः आप्रपासी हकहित संजाल बाराले मंगलवार सिमरामा खोजी रिक्रुटमेन्ट सर्भिस नामक म्यानपावर कम्पनीविरुद्ध विरोध प्रदर्शन गरेको छ । मलेसियाबाट आएका १९ जना कामदारलाई ठगी गरेको भन्दै संजालले उक्त म्यानपावरविरुद्ध प्रदर्शन गरेको हो ।

खोजी रिक्रुटमेन्टले मलेसियाबाट फर्किएका कामलाई न्याय दिनु भन्दा पनि झुटो मुद्धा लगाएर दुव्र्यवहार गरेको आरोप संजालको छ । संजालले उक्त म्यानपावर कम्पनीविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन इलाका प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित गृह मन्त्रालय, श्रम मन्त्रालय र मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै संजालले सिमरास्थित इलाका प्रशासन कार्यालयबाट ज्ञापनपत्र बुझाएको हो ।

संजालका प्रदेश महासचिव शंकर सिम्खडाले इलाका प्रशासन कार्यालयका प्रमुख जनकराज पन्तलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै पन्तले उक्त म्यानपावर कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको सिम्खडाले जानकारी दिए ।

प्रदेशको सबै जिल्लामा प्रदर्शन र ज्ञापनपत्र बुझाएको बताउदै सिम्खडाले पीडामा रहेका कामलाई न्याय दिलाउन माग गरेका छन् । आफुहरुले उठाएको माग र पीडित कामदारहरुले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने सिम्खडाले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्