जीतपुरसिमरा १८ उचिडीमा ५२ जनाले गरे रगतदान


eShilalekh

२१ माघ २०७९, शनिबार १९:२२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ स्थित उचिडीमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् ।

युनिभर्सल युथ क्लबको आयोजना तथा जीतपुरसिमरा वडा नं. १८ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जीतपुरसिमरा १७ का वडाध्यक्ष भिमबहादुर गंतानसहित स्थानीयले रगत दान गरेका थिए ।

उचिडी आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको जीतपुरसिमरा १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्