चार दिनदेखि बेपत्ता बृद्धा मृत भेटिइन्, छोरा प्रहरी नियन्त्रणमा


eShilalekh

३ फाल्गुन २०७९, बुधबार १५:५३

सिमराः चार दिनदेखि बेपत्ता रहेकी बारा निजगढकी एक बृद्धा मृत अवस्थामा फेला परेकी छिन् । निजगढ नगरपालिका १२ बुङजोरकी ७२ वर्षिया कान्छिामाया घलान मंगलवार साँझ मृत भेटिएकी हुन् ।

उनको शव घर नजिकै रुखको पातले छोपेको अवस्थामा फेला परेको हो । उनि शनिवारदेखि बेपत्ता थिईन् । घर नजिकै पातले शव छोपेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक महिलाको शव शल्यपरीक्षणका लागि कलैयास्थित प्रादेशिक अस्पताल पठाएको छ ।

यसैबीच प्रहरीले मृतक महिलाको कान्छो छोरालाई नियन्त्रणमा लिएको छ । महिला बेपत्ता भएकै दिन देखि अज्ञात रहेका छोरालाई प्रहरीले हेटौडाबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीब ओलीले जानकारी दिएका छन् । कान्छो छोराको मानसिक सन्तुलन ठिक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्