गरिबी निवारण कार्यक्रम अन्तर्गत जीतपुरसिमराको दुई वडामा उद्यमशिलता तालिम सुरु


eShilalekh

८ फाल्गुन २०७९, सोमबार १९:४२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको तीन वटा वडामा संचालन गर्न लागिएको लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सोमबारदेखि उद्यमशिलता तालिम सुरु भएको छ ।

वडा नं. १७ र १८ मा उक्त कार्यक्रममा सहभागी हुन छनौट भएका सम्भाव्य लघु उद्यमीलाई लक्षित गर्दै तालिम सुरु भएको हो । आठ दिनसम्म संचालन हुने तालिममा उद्यमशिलताको विषयमा सहभागीलाई प्रशिक्षण गराईनेछ ।

गरिबी निवारणका लागी संचालन हुदै आएको कार्यक्रम अन्तर्गत आयोजित तालिमको नगर प्रमुख राजन पौडेलले उद्घाटन गरेका छन् । वडा नं. १८ मा आयोजित कार्यक्रममा नगर प्रमुख पौडेलले सिपको विकास गर्दै स्वरोजगार बनाउने नीतिअनुरुप संचालित तालिमबाट लाभ लिन सहभागीलाई आग्रह गरे ।

तालिम उद्घाटन कार्यक्रममा वडाध्यक्ष चर्तुरबाबु वाग्ले, कार्यपालिका सदस्य प्रभावतीदेवी पासवान, साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष पुष्पराज खतिवडालगायतको उपस्थिती रहेको थियो ।

यसैगरी वडा नं. १७ मा वडाध्यक्ष भिम गंतानले तालिमको सुरुवात गरे । कार्यपालिका सदस्य प्रभावती देवी पासवानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मेड्पाका दीपनारायण चौधरी, उषा बुढाथोकीलगायतको उपस्थिती रहेको थियो ।

गरिवी निवारणका लागी संचालन हुदै आएको कार्यक्रम यस वर्ष वडा नं. ८, १७ र १८ मा संचालन गर्न लागिएको छ । मेड्पा कार्यक्रममा छनौट भएका स्थानीयलाई सिपमुलक तालिम दिने र आत्मनिर्भर बन्नका लागि आवश्यक सामाग्री उपलब्ध गराइनेछ ।

अघिल्लो दुई आर्थिक वर्षमा जीतपुरसिमराको आठ वटा वडामा कार्यक्रम संचालन भएको थियो । आर्थिक वर्ष २०७७।७८ मा वडा नं. ६, १९, २० र २२ तथा २०७८।०७९ मा ५,११,१२ र १३ नं. वडामा कार्यक्रम संचालन भएको हो । उक्त कार्यक्रमबाट एक सय ८० जनालाई सिपमुलक तालिम दिनुका साथै सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्