गढीमाई बहुमुखी क्याम्पस भवन निर्माणार्थ आयोजित धार्मिक महोत्सव सम्पन्न


eShilalekh

११ फाल्गुन २०७९, बिहीबार १०:२०

धिरेन्द्र तिवारी

कलैयाः गढीमाई बहुमुखी क्याम्पस भवन निर्माणार्थ आयोजित भागवत सप्ताह महायज्ञ र धार्मिक महोत्सव सम्पन्न भएको छ । क्याम्पस भवनको निर्माणका लागी फाल्गुन २ गतेदेखि सुरु भएको महायज्ञ बुधवार सम्पन्न भएको हो ।

महायज्ञबाट चार करोड भन्दा बढी नगद र पच्चीस कठ्ठ ६ धुर जग्गा दानवापत प्राप्त गरेको क्याम्पसका अध्यक्ष बिजय स्वर्णकारले जानकारी दिएका छन् । महायज्ञमा क्याम्पस भवनका लागी १४ जनाले जग्गा र चार सय भन्दा बढीले तुला दान गरेको स्वर्णकारले बताए ।

महायज्ञबाट संकलित सहयोगबाट क्याम्पस भवन निर्माणको काम सुरु गरिने बताइएको छ । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले महायज्ञ समापन कार्यक्रममा बैशाख सम्ममा भवन निर्माणको काम सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्