ओसन कप विजेता यु१३ टोलीलाई नव जनजागृतिद्धारा स्वागत


eShilalekh

२ बैशाख २०८०, शनिबार १७:२०

सिमराः गोर्खामा सम्पन्न आठौं ओसन कप यु१३ राष्ट्रिय फूटबल च्याम्पियनसिपको उपाधी जितेर शनिवार फर्किएको टोलीलाई नव जनजागृति युवा क्लबले सिमरामा स्वागत गरेको छ ।

उत्कृष्ट प्रदर्शन गर्दै सिमरालाई उपाधी दिलाउन सफल युथ टोलीलाई क्बलका पदाधिकारी र सदस्यले स्वागत गरेका हुन् । क्लबका उपाध्यक्ष शंकर थापाको नेतृत्वमा रहेका पदाधिकारी र सदस्यले आधाभार पुगेर युथ टोलीलाई स्वागत गरेका थिए ।

राष्ट्रिय स्तरको प्रतियोगितामा लगातार सात खेलमा अपराजित रहदै उपाधी जितेको युथ टोलीको मनोबल उच्च पार्न जरुरी रहेको उपाध्यक्ष थापाले बताए । क्लबका पदाधिकारीले अबिर र माला लगाएर खेलाडीलाई स्वागत गर्दै सिमरासम्म र्‍याली निकालेको थियो ।

लक्ष्मी सामुदायिक शिक्षा सदन गोर्खालाई ५–४ ले पराजित गर्दै नव जनजागृतिले उपाधी जितेको थियो । युवा फूटबल परियोजना अन्तर्गत आयोजित प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा १३ वर्ष मूनिका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्