लायन्स क्लब अफ अमलेखगञ्जको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


eShilalekh

१६ बैशाख २०८०, शनिबार २२:१९

सिमरा: लायन्स क्लब अफ अमलेखगञ्जको आयोजनमा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अनमोल बचत तथा सहकारी संस्था लिमिटेडको सहयोगमा आयोजित शिविरमा करिब एक सय ५० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको थियो । वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सकले बिरामी स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा स्वास्थ परिक्षण गरिएका बिरामीलाई निशुल्क औषधि समेत वितरण गरिएको लायन्स क्लबका अध्यक्ष विनय साहले जानकारी दिए ।

सो अवसरमा लायन्स क्लबको डिस्ट्रीक्ट ३२५ एस का नवनिर्वाचित गभर्ना देवकी नन्दन अग्रवाल, क्याबिनेट सेक्रेटरी बासु तिमिल्सिना, कोषाध्यक्ष रामबिहारी पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मुकुन्दबहादुर क्षेत्री, जोन चेयरपर्सन चुडामणि खरेल(कपिल),  लायन्स क्लब अफ अमलेखगञ्जका दोस्रो उपाध्यक्ष मान्वेन्द्र चित्रकार, सचीव नरेस मगर, कोषाध्यक्ष  बर्षा मगरलगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्