पचरौता नगरपालिकामा ५८ जनाद्धारा रगत दान


eShilalekh

३० बैशाख २०८०, शनिबार २०:०७


सिमराः पचरौता नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रगत दान गरेका छन् । रक्त संचार केन्द्रमा रगतको अभाव हुन नदिन पचरौता नगरपालिकाले रक्त दान कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगन्जले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा रगत दान गर्ने सहभागीलाई नगर प्रमुख जलान्धर सिंहले प्रशंसापत्र वितरण गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र, वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा उपसंयोजक मुकेश सिंहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्